काभा वुमन्स् भलिबल च्यालेन्ज कप: शानदार जितका साथ नेपालको विजयी सुरूवात

Thankot Times

थानकोट ।

काठमाडाैंमा सोमबारबाट सुरू भएको काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपालले विजयी सुरुवात गरेको छ ।

प्रतियोगिताको तेस्रो खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराउँदा नेपालले पाहुना टोली किर्गिस्तानमाथि २५-११, २५-१९ र २५-११ सोझो सेटमा पराजित गरेको हो ।

आजको जितसँगै नेपालले ३ अंक बटुलेको छ ।

नेपालले दोस्रो खेल भोलि मंगलबार बंगलादेशसँग दिउँसो ३ बजे खेल्नेछ ।

आज सम्पन्न प्रतियोगिताको पहिलो खेलमा श्रीलंकामाथि सहज जित हात पार्दै उज्वेकिस्तानले विजयी सुरूवात गर्दा दोश्रो खेलमा भारतले बंगलादेशमाथि एकपक्षिय जीत दर्ता गर्यो ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *