एघाराैं पटक मन्त्रीपरिषद् विस्तार, जनता समाजवादी पार्टीबाट बने दुई सांसद् मन्त्री
थानकोट ।
वर्तमान मन्त्रीपरिषद् ११औं पटक विस्तार भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार दुई मन्त्री थपेसँगै मन्त्रीपरिषद् ११औं पटक विस्तार भएको हो ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रालय र प्रमिला कुमारीलाई शिक्षा राज्यमन्त्रीको कार्यभार तोकेका हुन् । महतो सिरहा-४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने प्रमिला कुमारी राष्ट्रिय सभा सदस्य हुन् । उनीहरू दुवै जनता समाजवादी पार्टीका सांसद हुन् ।














