रास्वपामा काठमाडाैं क्षेत्र नंं १० को नेतृत्व लिन १२ जनाको दाबी, चुनाव गरी नेतृत्व छानिने (नामसहित)
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडाैंका सबै १० वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय समिति गठनका लागि उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ ।
सो दलका काठमाडाैं जिल्ला संयोजक प्रदिप विष्टका अनुसार जिल्लाका सबै १० वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय नेतृत्वका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिएको हो । नामावलीमा भएका व्यक्तिहरू मध्येबाट चुनाव गरी समिति विस्तार गरिने संयोजक विष्टले बताउनुभयो ।
सो पार्टीको काठमाडाैं क्षेत्र नं. १० को नेतृत्व लिनका लागि १२ जना उम्मेदवारहरूको सूची सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक भएको सो सूची प्रारम्भिक भएको र दाबी विरोध तथा नाम फिर्तापछि अन्तिम नामावली प्रकाशन गरिने रास्वपाले जनाएको छ।
सूची अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको काठमाडाैं क्षेत्र नं. १० को नेतृत्वका लागि कविन्द्र कार्की, प्रेम बहादुर लामा, केशव महर्जन, जयराम कार्की, विष्णु थापा, आशिष थापा, विनोद सुवेदी, सविना महर्जन, रामराजा थापा, कुमार प्रसाद सिलवाल, अनिता महर्जन तथा शुसिला सिंखडाले उम्मेदवारी दिएका छन् ।
उनीहरू मध्ये एक जना सो पार्टीको मोबाइल एप्लीकेशनमार्फत जेठ १६ गते बिहान ७ बजेदेखि जेठ २० गते साँझ ७ बजेसम्म हुने मतदानबाट चुनिनेछन् ।













