स्थानीय तहका जनप्रतिनिधिलाई अनुशिक्षण दिँदै एमाले
थानकोट ।
नेकपा एमालेले आजबाट स्थानीय तहका पार्टीका जनप्रतिनिधिहरूलाई अनुशिक्षण दिँदैछ ।
एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा दुई दिने अनुशिक्षण दिन लागेको हो ।
अनुशिक्षण कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।













