नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा मनोनित भएका छन् ।

पूर्व सांसदसमेत रहेका आफू निकटका विश्वकर्मालाई पार्टी सभापति शेरबहादुर देउवाले प्रचार विभाग प्रमुखमा नियुक्त गरेका हुन् ।

दलित संघको अध्यक्ष रहेका विश्वकर्मा नेपाली कांग्रेसको मनोनित केन्द्रीय सदस्य पनि हुन् ।

पार्टीका २८ वटा विभाग मध्ये प्रचार विभाग एउटा हो र देउवाले विभागमा गरेको यो पहिलो नियुक्ती हो ।

महाधिवेशन भएको ६ महिना भित्र विभाज गठन गर्नुपर्ने पार्टीको विधानको व्यवस्था भए पनि झण्डै डेढ वर्षपछि देउवाले एउटा विभागका प्रमुख नियुक्त गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *