पशुपतिनाथको जलहरी विवाद : दलहरूबीच सहमति जुट्यो, प्रधानमन्त्रीले संसद् मा सम्बोधन गर्ने

Thankot Times

थानकोट । 

संसद् मा पशुपतिनाथको जलहरीका विषयमा उठेको विषयमा शीर्ष दलका शीर्ष नेताहरूबीच सहमति भएको छ ।

तीन दलका शीर्ष नेताहरूको बैठकमा सहमति भएको हो । 

पशुपतिनाथको जलहरीका विषयमा संसदमा उठेको विवादको विषयमा प्रधानमन्त्री पुष्कपकमल दाहाल ‘प्रचण्ड’ले संसदमा सम्वोधन गर्ने सहमति भएको छ । 

सांसदले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउने पनि समझदारी भएको एमालेका सचेतक पदम गिरीले जानकारी दिए । 

“सरकारको काम बजेट छुट्याइदिने मात्रै हो । भ्रम सिर्जना हुने गरी आधारहीन अभिव्यक्ति दिनु गलत भएको भनेर संसदमा संबोधन गर्नुहुन्छ । यसबारेमा आरोप लगाउनुभएका माननीयको अभिव्यक्ति रेकर्डबाट हटाइने सहमति भएको छ,” उनले बाह्रखरीसँग भने । 

माओवादी सांसद लेखनाथ दाहालले जलहरी बारेमा संसदमा प्रश्न उठाएका थिए । उनले तत्कालीन एमाले नेतृत्वको सरकारले पशुपतिमा चढाइएको जलहरीमा सुनको सट्टा पित्तल हालेर भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेले शुक्रबार संसद् बैठक अवरुद्ध गरेको थियो । 

संसदको बैठक आज दिउँसो ४ बजे बस्दैछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *