नागढुङ्गामा लापसे चेकिङः ८ जना सवारी चालकसहित १३ जना प्रहरीको नियन्त्रणमा
थानकोट ।
नागढुङ्गामा शुक्रबार गरिएको सवारी चालक जाँच क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ८ जना चालकसहित १३ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
बीएसी ३१ ०६ नम्बरको निजी स्कार्पियो चालक भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ७ का ३६ वर्षीय भव सागर पौडेल, स्कार्पियोमा सवार सोही स्थानका ३२ वर्षीय राजेश बाडे, २५ वर्षीय अनिश बाडे, ३९ वर्षीय दिलकृष्ण भटो, ३० वर्षीय राजमान नायजु र २२ वर्षीय सुमन मन्टसिरलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यसैगरी बा १८ च ६३ १७ नम्बरका कार चालक ललितपुरको महालक्ष्मी नगरपालिका ५ का ३० वर्षीय शैलेस के.सी., ग १ ख ६६ ४१ नम्बरका माइक्रो चालक धादिङको शिद्धलेख गाउँपालिका २ का २३ वर्षीय प्रदीप अर्याल, बा ४ ख १५ १८ नम्बरका माइक्रो चालक धादिङकै त्रिपुरासुन्दरी गाउँपालिका ५ का ३१ वर्षीय दिपेन्द्र भण्डारी, प्रदेश ३ -०१- ०२५ च ६८ ८२ नम्बरका पिकअप चालक शिद्धलेख गाउँपालिका १ का २७ वर्षीय विजन सिलवाल, बागमती प्रदेश ०२-०३५ प ६४ ८६ नम्बरका मोटरसाइकल चालक बाग्लुङ घर भएका २५ वर्षीय उमेश घर्ती मगर, बा ८८ प ५३ १५ नम्बरका मोटरसाइकल चालक ललितपुर महानगरपालिका ९ का ३० वर्षीय निगेन व्यञ्जनकार र बा ४१ प ८७ ४१ नम्बरका मोटरसाइकल चालक शिद्धलेख गाउँपालिका ४ का २३ वर्षीय प्रशान्त कुमार पुरीलाई लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।












