रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

Thankot Times

थानकोट ।

सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ । 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय गरिएको सञ्चारमन्त्री रेखा शर्माले बताइन् । 

सरकारको सिफारिसअनुसार राष्ट्रपति कार्यालयले निर्णय गरे उनी सोमबार गणतन्त्र दिवसका अवसरमा छुट्नेछन् ।

यसअघि जेठ १२ गते राष्ट्रपति पौडेलले आममाफीसम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *