बागमती प्रदेश मन्त्रिपरिषद् बैठक: नीति तथा कार्यक्रम पास
थानकोट ।
बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पास गरेको छ ।
प्रदेश सरकारको आइतबार बिहान बसेको बैठकले संसदमा पेश गरिने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पास गरेको हो ।
उक्त नीति तथा कार्यक्रम आज आइतबार बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्नेछन् । नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि दिउँसो २ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको छ ।













