वर्षाको कारण हिजो स्थगित भएको आइपिएल फाइनल आज रिजर्भ-डे मा
थानकोट ।
आइतबार साँझको भारी वर्षाको कारण स्थगित भएको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को फाइनलमा चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीचको खेल आज रिजर्भ डेमा हुने भएको छ ।
हिजो नरेन्द्र मोदी रंगशाला अहमदाबादमा लगातार वर्षाको कारण आइपिएल फाइनल रिजर्भ डे अर्थात आज हुने भएको छ ।
खेलको टस समेत हुन नपाई पहिलो दिन रिजर्भ डे मा सरेको थियो ।
खेल नेपाली समय अनुसार आज साँझ ७: ४५ मा सुरु हुनेछ ।
विश्व क्रिकेटकै एक सर्वाधिक सफल कप्तान धोनीको सम्भव त यो आइपिएल अन्तिम खेल हुने हुँदा चेन्नई उपाधिका साथ बिदा गर्न चाहन्छ । धोनीको उत्कृष्ट कप्तानी सामू गुजरातको परिक्षा हुनेछ ।
चेन्नईले पहिलो क्वालिफायरमा गुजरातलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
गुजरातले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै फाइनलमा भेट पक्का गरेको हो ।
आइपिएलमा चेन्नई र गुजरातबीच चार खेल भएका छन् । जसमा चेन्नई एक र गुजरात तीन खेलमा विजयी भएका छन् ।













