‘लोभ गर्नेहरू रास्वपामा नआए हुन्छ’- रवि लामिछाने (भिडियो सहित)

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी राजनीतिका लागि राजनीति गर्न आएको पार्टी नभएको बताएका छन् ।

चन्द्रागिरि नगरपालिका ११ सतुगंलमा सोमबार आयोजित पार्टी विस्तार तयारी एवं परिचयात्मक कार्यक्रममा बोल्दै सभापति लामिछानेले देशले मागेपछि बाध्य भएर रास्वपा गठन भएको धारणा राखे ।

सभापति लामिछानेले विभिन्न पेशाबाट आएका व्यक्तिहरूको सामुहिक सोचबाट रास्वपा गठन भएको बताउँदै आफ्नो पार्टीमा लोभी पापीहरूका लागि स्थान नभएको र कसैले स्वार्थ पूरा गर्न उद्देश्यले पार्टीमा आवद्ध भए त्यस्ता व्यक्तिलाई  घोक्रे ठ्याक लगाउने समेत बताए ।

अबको पाँच वर्ष आफ्नो पार्टीका लागि निकै अप्ठ्यारो अवस्थाबाट गुज्रन पर्न अवस्था सृजना हुन सक्ने बताउँदै सभापति लामिछानेले आफ्नो पार्टी जनताको माया र समर्थनका कारण दिनहुँ लोपप्रिय बनिरहँदा ती अप्ठ्यारा परिस्थितिहरूलाई परास्त गर्न सक्षम रहने विश्वास व्यक्त गरे । कार्यक्रमलाई रास्वपाका उपसभापति एवं सांसद् डिपि अर्याल, केन्द्रीय सदस्य एवं सांसद् हरि ढकाललगायतका शीर्षस्थ नेताहरूले समेत सम्बोधन गरेका थिए । सो कार्यक्रममा सयाैं स्थानीयहरूको उपस्थिति रहेको थियो ।

भेलाले आज नै चन्द्रागिरि नगरस्तरीय तदर्थ समिति गठन गर्ने रास्वपाका काठमाडाैं जिल्ला संयोजक प्रदिप विष्टले जानकारी दिए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ