नागढुङ्गा-नौबिसे सुरुङमार्गका लागि ५ अर्ब १३ करोड
थानकोट ।
सरकारले निर्माणाधीन राष्ट्रिय गाैरवको आयोजना नागढुङ्गा-नौबिसे सुरूङ मार्ग अर्को वर्षभित्र सम्पन्न गर्ने गरि बजेट विनियोजन गरेको छ ।
सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य जारी गर्ने क्रममा नागढुंगा-नौबिसे सुरुङमार्गको काम अर्को वर्ष सम्पन्न गर्न ५ अर्ब १३ करोड छुट्याइएको जानकारी दिएका हुन् ।












