थानकोटमा पनि खुल्यो क्लासिक टेकको आउटलेट
थानकोट ।
इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले सपोर्टलाइ प्राथमिकता दिँदै प्रयोगकर्ता-मैत्री एप र नयाँ आउटलेट खोल्ने क्रमलाई निरन्तरता दिएको छ ।
देशकै अग्रणी तथा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ आउटलेटहरु गैरीधारा, थानकोट, चाबहिल , थली, केराबारी , पुष्पलाल चोक र बुधबारेमा विस्तार गर्दै ग्राहकलाई अझै गुणस्तर सेवा प्रदान गर्ने उद्देश्य राखेको छ ।
यी विस्तारहरूसँगै क्लासिक टेकले अब आफ्ना ग्राहकहरूलाई असाधारण सेवाहरू प्रदान गर्दै देशभर १०४ आउटलेट समेटेको छ ।
अब सो कम्पनीका ग्राहकले फोनबाट इन्टरनेट सम्बन्धि गुनासो, सापटी, महसुल भुक्तानी लगायत अरु सुबिधाहरु लिन सक्नेछन् ।












