ताेलामा २ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Thankot Times

थानकोट ।
काराेबार हुने साताकाे तेस्रो दिन नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामै २ हजार ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

योसँगै छापावाला प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको छ ।
हिजो सुनको मूल्य स्थिर रहेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँ तेजाबी सुन १ लाख ७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ । हिजो मूल्य स्थिर रहँदै चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ