सुरुङमार्ग आयोजनाको बजेट व्यापक कटाैती, थानकोट-चित्लाङ सुरूङ मार्ग ‘फुस्सा’ !

Thankot Times

थानकोट ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संसदमा प्रस्तुत गरेको आगामी आ.व.को बजेटमा मुख्य गरी नागढुंगा सुरुङमार्ग र टोखा-छहरेका लागि मात्रै बजेट छुट्याएका छन् । उनले अन्य सुरुङमार्गको बजेटमा भारी कटौती गरेका छन् ।

सुरुङमार्गको निर्माणका लागि विगतका सरकारले विशेष प्राथमिकताका साथ बजेट विनियोजन गरेपनि यसपटक ती आयोजनाका लागि  अधिकांश बजेट कटाैती भएको हो ।

२०७६ सालमा भौतिक पुर्वाधार मन्त्रालयले १२ वटा सुरुङ मार्ग बनाउने योजना नै अघि सारेको थियो । नौबिसे-नागढुंगा, सिद्धबाबा, खुर्कोट-चियाबारी, कुलेखानी-भीमफेदी, हेम्जा, लामाबगर, गुर्जेभञ्ज्याङ, दाउन्ने, थानकोट-चित्लाङ, कोटेश्वर-जडीबुटी, बुटवल-पाल्पा खण्डको सिद्धबाबा, टोखा-छहरे सडकको गुर्जेभञ्ज्याङ, बुटवल-नारायणगढको दाउन्नेलगायत स्थानमा सुरुङमार्ग बनाउने योजना थियो । तर यसपाली केही ठाउँबाहेक बजेटलले सम्बोधन गरेन् । यसका लागि सिमित बजेट छुट्टिएको छ ।

सुरुङमार्गका लागि यसपटक जम्मा ६ अर्ब १३ करोड मात्रै बजेट विनियोजन गरिएको छ ।

नागढुंगा सुरुङमार्ग आगामी आवमा सक्ने र त्यसका लागि ५ अर्ब १३ करोड विनियोजन गरेको अर्थमन्त्री डा. महतले बताए ।

यसअघिका वर्षहरुमा साँढे ६ अर्बको हाराहारीमा यो मार्गलाई बजेट दिइँदै आइएको थियो । यस्तै टोखा–छहरे सुरुङ मार्गको विस्तृत आयोजना प्रतिवेदन र वातावरणीय प्रभाव अधययन सम्पन्न गरी निर्माण कार्य अघि बढाउन १ अर्ब बजेट छुट्याइएको उनले बताए । उक्त सुरुङमार्गको यसअघि नै सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ ।

यस्तै सिद्धबाबा सुरुङ मार्गको निर्माणको कार्यलाई तीब्रता दिने उल्लेख गरिए पनि बजेटको व्यवस्थापन गरिएको छैन् । सरकारले  चालु आवमा सिद्धबाबा खण्डको सुरुङमार्ग, दुम्कीबास–बर्दघाट, कुलेखानी–भिमफेदी खुर्कोट–चियाबारी, मझिमटार–शक्तिखोर, ब्याउलीढुंगा–ईमिल्चाखोला, सुर्खेत रानीघाट–भुरीगाउँ सुरुङमार्गलाई सम्बोधन गरेको थियो ।

यस्तै काठमाडौं उपत्यकाका तीन भञ्ज्याङ्गतर्फ टोखा–छहरे, गोदावरी–पनौति र साँगा–बनेपा खण्डको सुरुङको सम्भाव्यता अध्ययनको विषय पनि चालु आवमा राखिएको थियो । नागढुंगा सुरुङमार्गको काम आगामी डेढ वर्ष भित्रमा सक्ने गरी अहिले काम भइरहेको छ । झण्डै ६० प्रतिशत पेमेन्टसहिको काम सकिएको छ भने मुख्य सुरुङ जोड्नलाई ६०० मिटर मात्रै बाँकी छ । आगामै दर्शैँमा सुरुङ जोडिसक्ने योजना नागढुंगा सुरुङमार्ग आयोजनाको छ ।

त्यसपछि सडक व्यवस्थित गर्ने काम हुन्छ । अहिले रात दिन लगाएर यहाँको निर्माणकार्य जारी छ । सरकराले सम्भव भएका आयोजना अघि बढाउने नीति लिएका कारण धेरै सुरुङ मार्ग कटौतीमा परेको हो । आर्थिक मन्दीका कारण बजेट कटौतीको माग सुरुङ मार्गमा पनि परेको छ । त्यसो त यसपाली भौतिक पूर्वाधारको क्षेत्रमा झण्डै ३० अर्ब बजेट कटौती गरी एक खर्ब ३१ अर्ब ३९ करोड मात्रै बजेट विनियोजन भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *