चन्द्रागिरि साकोसमा बंगलादेशी सहकारीकर्मी
थानकोट ।
बंगलादेशका सहकारीकर्मीहरूले चन्द्रागिरि नगरपालिका ०७ थानकोट चेकपोष्टमा मुख्य कार्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारीको अवलोकन भ्रमण गरेका छन् ।
द कोअपरेटिभ क्रेडिट युनियन लिग अफ बंगलादेश (सिसियुएलबी)का सहकारीकर्मीको १७ सदस्यीय टोलीले सहकारीको अवलोकन भ्रमण गरेको हो ।
भ्रमण टोलीमा सिसियुएलबीका बोर्ड अफ डिरेक्टर आशिष कुमार दास, एसिस्टेन्ट जनरल म्यानेजर भिनसेन्ट सिसिम, डिपार्टमेन्ट अफ कोअपरेटिभ्स बंगलादेशका डेपुटी रजिष्ट्रार कोण्डकेर ह्युम्यायुन लगायत सहभागी थिए ।
सो क्रममा बंगलादेशका सहकारीकर्मी तथा चन्द्रागिरि साकोसका प्रतिनिधिहरूबीच सहकारी क्षेत्रका विविध विषयमा छलफल भएको चन्द्रागिरि साकोसले जनाएको छ।













