रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान

Thankot Times

थानकोट । 

 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेकै दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने पनि जहाजबाट भारतको मुम्बई प्रस्थान गरेका हुन् । 
रास्वपा प्रवक्ता समेत रहेका महामन्त्री डा.मुकुल ढकालले दिएको जानकारीअनुसार सभापति लामिछाने पत्‍नी निकिता पौडेलसहित व्यक्तिगत कामले भारतको मुम्बई गएका हुन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका रविले आफू भारत जाने भएपछि संसदीय दलमा कार्यवाहक नेताको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिएका छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ