नेकपा एमालेको सचिवालय बैठक बस्दै, नेताहरूको कार्यविभाजन र कार्ययोजना तय गरिने

Thankot Times

थानकोट । 

नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ ।

बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । 

पार्टी उपाध्यक्ष युवराज ज्ञवालीका अनुसार बैठकमा गएको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार नेताहरूको कार्यविभाजन र आगामी कार्यक्रमहरूको कार्ययोजना तयार गरिनेछ । 

“सचिवालय बैठकले कार्यविभाजन कार्ययोजनादेखि सबै विषय पारित गर्छ,” उनले भने, “बैठकमा समसामयिक विषयमा पनि छलफल हुनेछ ।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ