सुनको मूल्य तोलाको एक लाख १३ हजार ३ सय

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ ।

यस दिन छापावाला सुन तोलाको एक लाख १३ हजार ३०० रुपैयाँ कारोबार भइरहेको छ । यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो ।

यसअघि, बिहीबार (हिजो) छापावाल सुन तोलाको एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजबी सुन तोलाको एक लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *