नैकापमा आफ्नै कोठाभित्र एक महिला मृत फेला
थानकोट ।
चन्द्रागरि नगरपालिका १४ नयाँ नैकापमा एक महिला मृत फेला परेकी छन्।
शुक्रबार बिहान चन्द्रागिरि नगरपालिका नयाँ नैकापस्थित एक घरमा महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।
उनका अनुसार महिला बन्द कोठाभित्र मृत अवस्थामा फेला परेकी हुन्।
प्रहरीका अनुसार मृतक ३९ वर्षीया प्रफुला मानन्धर श्रेष्ठ हुन्।
उनी घरको दोस्रो तलामा रहेको कोठाको भुइँमा लडिरहेको अवस्थामा मृत फेला परेकी हुन्। बिहान ९ बजेसम्म पनि ढोका नखुलेपछि हेर्न जाँदा उनी मृत फेला परेको प्रहरीले जनाएको छ।
शव पोस्टमर्टको लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












