६० लाख ठगेको आरोपमा गुर्जुधाराबाट एक महिला पक्राउ
थानकोट ।
बैंकिङ कसुरको मुद्दामा चन्द्रागिरिबाट एक महिला पक्राउ परेकी छिन् ।
ललितपुर प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले चन्द्रगिरि नगरपालिका-१२ गुर्जुधाराबाट ६० लाख रुपैयाँ ठगी गरेको अभियोगमा राधिका चौलागाईं श्रेष्ठलाई शुक्रबार पक्राउ गरेको हो ।
उनले विभिन्न मितिमा विभिन्न व्यक्तिहरुलाई ठगी गरेको उजुरी परेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउपछि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












