निर्माण सम्पन्न भइसक्दा यस्तो देखिनेछ ‘रिसोर्ट बाई मनकामना केबलकार’
थानकोट ।
गोरखास्थित मनकामना मन्दिर क्षेत्रमा मनकामना दर्शन प्रालिले होटल निर्माणको कार्यलाई तिव्रता दिइरहेको छ।
सो होटल ४० कोठाको हुने बताइएको छ। करिब ४६ करोड लगानीमा निर्माणका क्रममा रहेको सो होटलमा स्विमिङ पुल, रेष्टुरेन्ट, कन्फ्रेन्स हल लगायतका संरचना निर्माण हुनेछन् ।
मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले सामाजिक सञ्जालमा निर्माणाधीन होटलको प्रारूप (थ्री-डी चित्र) सार्वजनिक गर्नुभएको छ ।
‘मनकामना मन्दिरहरु सुविधासम्पन्न होटलहरु नभएकै कारण भीआईपीहरु बसेनन् भन्ने गुनासो आएपछि हामी आफैले ४० बेड क्षमताको होटल निर्माण गरेका हाैं, जसको नाम रिसोर्ट बाई मनकामना केबलकार नाम राखेका छौं, मनकामना दर्शन गर्न केबलकारमा आउने कुल मान्छेको ३ प्रतिशत मान्छे होटलमा आए भने होटल राम्रैसँग चल्छ,’ श्रेष्ठले भन्नुभयो ।
२ वर्षभित्र निर्माण सकेर होटल सञ्चालन गर्ने तयारी छ ।















