सुनचाँदीको मूल्य स्थिर
थानकोट ।
कारोबार हुने साताको दोश्रो दिन सोमबार नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मूल्यसूची तय गर्दै हिजो आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भएको जनाएको हो ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।
आज चाँदीको मूल्य समेत स्थिर कायम छ ।
महासंघका अनुसार हिजो आइतबारकै मूल्यमा चाँदीको कारोबार भएको छ । हिजो आइतबार चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ कायम थियो ।













