मोबाइल चलाउन जान्ने ७५ जनालाई २० दिनका लागि रोजगारी दिँदै चन्द्रागिरि नगरपालिका

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिकाले २० दिनका लागि गणक नियुक्ति गर्ने भएको छ । नगरपालिकाले यहि असार मसान्तसम्म कार्य गर्ने गरी नगरपालिकाले हरेक वडामा कम्तीमा २ देखी बढीमा ५ जनाका दरले नियुक्ति गर्ने गरी सर्वेक्षक (गणक) माग गरेको हो ।
सो पदका लागि १८ वर्ष उमेर पूरा गरी कम्तीमा १० जोड २ तह उत्तीर्ण गरेका नेपाली नागरिकहरूले दरखास्त पेश गर्न सक्ने जनाइएको छ।

इच्छुकले जेठ २८ गतेसम्म निवेदन पेश गर्न सक्ने नगरको सामाजिक विकास शाखाले जनाएको छ। 
बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्नका लागि चन्द्रागिरि नगरपालिकाको वडा क्षेत्र भित्रमा रहेका घर तथा परिवारको सर्वेक्षण गर्ने कार्यका लागि ती संख्यामा सर्वेक्षक माग गरिएको हो ।

चन्द्रागिरि नगरपालिकाले नियुक्त गर्ने गणक पदका लागि जारी गरेको सूचना पढ्नुहोस्ः


Leave a Reply

Your email address will not be published. Required fields are marked *