इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली महिला टोली घोषणा

Thankot Times

थानकोट । 

एसिसी महिला टी-२० इमर्जिङ टिम्स एसिया कपको लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान) ले रुविना क्षेत्रीको कप्तानीमा शुक्रबार १४ सदस्यीय टोलीको घोषणा गरेको हो।

नेपाली टोलीमा सिता रानामगर, इन्दू बर्मा, कविता कुँवर, बिन्दु रावल, ज्योती पाण्डे, सम्झनाकुमारी खड्का, काजल श्रेष्ठ, कृतिका मरासिनी, सरस्वती कुमारी चौधरी, अस्मिना कर्माचार्य, इश्वरी विष्ट, अप्सरी बेगम र कविता जोशी छन्। 

१२ जुनदेखि २१ जुनसम्म हङकङमा हुने प्रतियोगितामा  समूह ‘ए’ मा भारत र पाकिस्तान ‘ए’ टोलीसहित आयोजक हङकङ तथा नेपाल  छन्। समूह ‘बी’ मा बंगलादेश र श्रीलंका ‘ए’ टोलीसहित यूएई र मलेसिया रहेका छन् । 

नेपालले जुन १३ मा पाकिस्तान ‘ए’, जुन १५ मा भारत तथा जुन १७ मा हङकङसँग समूह चरणका खेल खेल्नेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *