आज ‘ए’ डिभिजन लिगको अन्तिम खेल, दर्शकलाई निःशुल्क प्रवेश
थानकोट ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९-८० को अन्तिम खेल आज हुँदैछ ।
लिगको अन्तिम खेल हेर्न दर्शकहरूले निःशुल्क प्रवेश पाउने भएका छन् ।
शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले सामाजिक सञ्जालमार्फत शनिबार साँझ अपरान्ह ५ः३० बजेदेखि सुरु हुने थ्री स्टार र जावलाखेल युथ क्लबबीचको खेलमा दर्शकलाई निःशुल्क प्रवेश दिइने जनाएको हो ।
लिगमा रेलिगेसनको दबाबमा रहेको थ्री स्टारलाई भोलि हुने खेलमा जित्नैपर्ने दबाब छ ।
तालिकाको १३औँ स्थानमा रहेको थ्री स्टारलाई जावलाखेलविरुद्धको जितले मात्र रेलिगेसन क्षेत्रबाट माथि राख्नेछ ।
लिगमा २५ खेलबाट ३७ अंक जोडेको जावलाखेलले भने लिगमा चौथो स्थान निश्चित गरिसकेको छ ।













