क्रिकेटमा कर्णालीलाई ऐतिहासिक उपाधि

Thankot Times

थानकोट । 

एउटा राम्रो मैदानसमेत नभएको कर्णालीले क्रिकेटमा पहिलो राष्ट्रिय उपाधि जित्दै ऐतिहासिक उपलब्धि हात पारेको छ । प्रधानमन्त्री कप र राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी जनाए पनि कर्णाली क्रिकेटमा यसअघि सम्झन लायक प्रदर्शन गर्न सकेको थिएन । तर यसपटक भने सबैलाई चकित पार्दै कर्णाालीले जनकपुरमा शुक्रबार सम्पन्न महेन्द्रनारायण निधि टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो ।

जनकपुरको रामजानकी क्रिकेट मैदानमा शुक्रबार कर्णालीले सुदूरपश्चिमलाई ५१ रनले पराजित गर्दै पहिलो उपाधि जितेको हो ।  पहिला ब्याटिङ गरेको कर्णालीले सुदूरपश्चिमलाई १४१ रनको मध्यम लक्ष्य दिएको थियो । कर्णालीका बलर सामू निरीह बनेको सुदूरपश्चिम ८९ रनमा अलआउट भयो ।

सुदूरपश्चिमका लागि कप्तान नारायण जोशीले १५ रन जोडे । अन्य ब्याटरले राम्रो स्कोरमा रन बनाउन सकेनन् । 

कर्णालीका लागि युनिश विक्रम सिंहले सर्वाधिक ३ विकेट लिए ।

यसअघि कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो । कर्णालीका लागि ओपनर तथा कप्तान रविन्द्रजंग शाहीले २७ बलमा २१ रन बनाए भने दिपेन्द्र राउतले ५० बलमा ४९ रन बनाए । कर्णालीलाई मजबुत स्कोरसम्म पुर्‍याउन विपिन रावलले १३ बलमा ३ चौका र १ छक्काको सहोगमा २४ रन बनाए ।

बाह्रखरीबाट 


Leave a Reply

Your email address will not be published. Required fields are marked *