यस कारण नागढुंगाबाट पक्राउ परे मकवानपुरका ३० वर्षीय युवक

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ बाडभञ्ज्याङस्थित नागढुंगा नाकाबाट लागूऔषधसहित प्रहरीले शुक्रबार बिहान मकवानपुरका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका-७ बस्ने ३० वर्षीय सबिन थापा मगर रहेका छन् ।

उनलाई लागुऔषध गाँजाको धुलो करिब ४ केजी ५ सय ग्रामसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । मगरलाई प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।

शुक्रबार बिहान मकवानपुरदेखि काठमाडौंतर्फ आउँदै गरेको लु. ५ प ३२०५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनको साथबाट प्रहरीले सो परिणामको लागूऔषध बरामद गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *