यू-२० महिला एसियन कप छनोट: तीन खेलमा नेपालले १५ गोल खायो, एक गोल पनि फर्काउन सकेन

Thankot Times

थानकोट ।

२० वर्षमुनिको महिला एसियन कप फुटबल छनोटको दोस्रो चरणको तेस्रो तथा अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ ।

म्यानमारकाे यानगोनमा भएको खेलमा नेपाल चाइनिज ताइपेसँग ५-० गोलले  पराजित भएको हो ।

यसअघिका खेलमा नेपाल म्यानमार र चीनसँग समान ५-० गोलले पराजित भएको थियो ।

यो प्रतियोगितामा नेपालले १५ गोल खाँदा एक गोल पनि गर्न सकेन । नेपाल छनोटबाट बाहिरिसकेको छ ।

नेपाल प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६-० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको थियो ।

छनोटमा उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने २० वर्षमुनिको महिला एसियन कप खेल्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *