ए डिभिजन लिगः उपाधी नवप्रवेशी चर्च ब्वाइजलाई, खुमलटार र एपीएफ रेलिगेसनमा

Thankot Times

थानकोट ।

शहीद स्मारक ए डिभिजन लिग फुटबल सम्पन्न भएको छ । 

दशरथ रंगशालामा शनिबार लिगको अन्तिम खेलमा थ्रीस्टारले जावलाखेल युथ क्लबलाई १–० गोलले पराजित गर्यो ।

जावलाखेल युथ क्लबलाई पराजित गरेसँगै थ्रीस्टार रेलिगेसनबाट बचेको छ ।

थ्रीस्टार २६ खेलबाट ३२ अंक बनाउँदै नवौँ स्थानमा उक्लिन सफल भयो । यदि जावलाखेलसँग बराबरीमा मात्रै रोकिएको भए थ्रीस्टार रेलिगेसनमा पर्ने थियो ।

आफ्नो डेब्यू लिग मै उपाधि जितेको चर्च ब्वाइजको २६ खेलबाट ४८ अंक छ ।

लिगमा दोस्रो हुन सफल भएको मछिन्द्र क्लबको २६ खेलबाट ४५ अंक छ । नेपाल पुलिस क्लब लिगमा तेस्रो हुन सफल भएको छ । पुलिसको २६ खेलबाट ४१ अंक छ ।

थ्रीस्टारसँग पराजित  जावलाखेलको २६ खेलबाट ३७ अंक बनाउँदै चौथौ भयो । सातदोबाटो पाँचौँ, एनआरटी छैटौँ, आर्मी सातौँ, मनाङ मर्स्याङदी क्लब आठौँ, थ्रीस्टार नवौँ, संकटा १०औँ, हिमालयन शेर्पा ११औँ, फ्रेन्ड्स क्लब १२औँ हुन सफल भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *