यू-२० विश्वकप २०२३ को उपाधि उरूग्वेलाई, फाइनलमा इटाली १-० ले स्तब्ध
थानकोट ।
फिफा यू-२० विश्वकप फुटबलको उपाधि उरुग्वेले जितेको छ । अर्जेन्टिनामा भएको सो प्रतियोगिताको फाइनलमा उरुग्वेले सोमबार बिहान इटलीलाई १-० ले पराजित गर्दै पहिलो पटक यू-२० विश्वकप जितेको हो ।
उरुग्वेका लागि लुसियानो रोड्रिगेजले ८६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।त्यही गोल नै उरुग्वेलाई उपाधि जिताउन निर्णायक बन्यो । यसअघि १९९७ र २०१३ मा उपविजेता बनेको उरुग्वे तेस्रो प्रयासमा उपाधि जित्न सफल भएको हो ।













