लंका प्रिमियर लिगः सन्दीप लामिछाने अनसोल्ड !

Thankot Times

थानकोट । 

नेपाली क्रिकेटर सन्दीप लामिछाने श्रीलंकाको लंका प्रिमियर लिग क्रिकेटको अक्सनमा अनसोल्ड भएका छन् ।

उनलाई कुनै पनि टिमले अनुबन्धित नगरेपछि अनसोल्ड भएका हुन् ।

सन्दीपको बिक्री मूल्य ३० हजार अमेरिकी डलर तोकिएको थियो । तर, सन्दीपलाई कुनै पनि क्लबले भित्र्याउन चाहेनन् । विश्वका प्रायः सबै लिग खेल्ने सन्दीप मात्रै नेपाली खेलाडी हुन् । सन्दीप मंगलबार राति भएको ड्राफ्टबाट ग्लोबल टी–२० क्यानाडा लिगमा अनुबन्धित भएका थिए ।

सन्दीपलाई सुरे ज्याकवारले अनुबन्धित गरेको थियो । सन्दीपसँगै पहिलोपटक नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले पनि यो वर्षको ग्लोबल टी–२० लिग खेल्ने भएका छन् । सोमपाललाई मोन्टेरियल टाइगर्सले अनुबन्धित गरेको छ ।

लंका प्रिमियर लिगमा पाँच टिम रहेका छन् । जसमा कोलोम्बो स्ट्राइकर्स, दम्बुल्ला औरा, गल्ली टाइटन्स, जाफ्ना किंग्स र बी–लभ कान्डी रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *