बागमती प्रदेशसभा बैठक बस्दै

Thankot Times

थानकोट । 

बागमती प्रदेशसभाको बैठक आज बस्दैछ ।

बागमती प्रदेशसभा सचिवालय हेटौँडाका अनुसार आज बिहीबार दिउँसो २ बजे प्रदेशसभा बैठक बस्ने जनाइएको छ ।

जेठ १९ गते सरकारको नीति तथा कार्यक्रम पारित गरेपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बैठक आज बस्न लागेको हो । 

बैठकमा संसद् मा पेस भएको आर्थिक सर्वेक्षणमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । 

उनका अनुसार प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट सार्वजनिक गर्ने तयारी गरेको र सोही कार्यव्यवस्था परामर्श समितिको बैठकले बजेट सार्वजनिक गर्ने कार्यसूची रहेको सचिव खड्काले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ