मैत्रीपूर्ण फुटबल खेलमा आज नेपाल र घरेलु टोली फिलिपिन्स भिड्दै

Thankot Times

थानकोट ।

नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा आज बिहीबार फिलिपिन्सको सामना गर्दैछ ।

नेपालले घरेलु टोलीको रिजल मेमोरियल स्टेडियम नेपाली समयअनुसार दिउँसो ४ः४५ बजे चुनाैती सामाना गर्नेछ । 

नेपाल र फिलिपिन्सबीचको यो सातौं भेट हो । यसअघि नेपालले फिलिपिन्ससँग ६ पटक खेलिसकेको छ । जसमा नेपालले एक जित र एक बराबरी खेल्दा चार हार व्यहोरेको छ ।

भारतमा हुने १४ औं संस्करणको साफ च्याम्पियनसिपको तयारी अन्तर्गत नेपालले फिलिपिन्ससँग खेल्न लागेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *