मैत्रीपूर्ण फुटबलः नेपालको पोष्टमा फिलिपिन्सको १ गोल

Thankot Times

थानकोट ।

नेपाल फिलिपिन्ससँगको मैत्रीपूर्ण फुटबल खेलमा पराजित भएको छ । लाकेन लिम्बु र डिफेन्डर विमल पाण्डेले डेब्यु गरेको खेलमा नेपाल १-० ले स्तब्ध भएको हो ।

फिलिपिन्सविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले लाकेन र विमललाई सुरुवाती रोजाइमा खेलाउँदै डेब्यु गराएका थिए ।

फिफा वरियतामा १३६औँ स्थानमा रहेको फिलिपिन्ससँग १७४औँ स्थानमा रहेको नेपालले यसअघि ५ खेल खेलेकोमा एक जित हासिल गरेको थियो । त्यस्तै फिलिपिन्सले ३ खेल जितेको थियो भने एक खेल बराबरीमा सकिएको थियो ।

मनिलास्थित रिजल मेमोरियल रंगशालामा सम्पन्न खेलमा फिलिपिन्सले ४९औं मिनेटमा गोल गर्दै नेपाललाई पराजित गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *