नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

Thankot Times

थानकोट ।

समाजवादी मोर्चा गठनबारे जानकारी दिन नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

सो पार्टीका उपमहासचिव गंगालाल तुलाधरका अनुसार सचिवालय बैठक आज असार १ गते शुक्रबार बिहान ८ बजे बस्नेगरी बोलाइएको हो ।  ‘शुक्रबार बिहान ८ बजे बस्नेगरी बैठक बोलाइएको छ । खासगरी समाजवादी मोर्चा गठनबारे जानकारी दिन बैठक बोलाइएको हो’, तुलाधरले भने, ‘त्यसबाहेक अन्स समसामयीक छलफल त भैहाल्छ ।’

माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादीसहित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र वामदेव गौतम समेत समेटेर समाजवादी मोर्चा घोषणाको तयारी भएको नेताहरुको भनाई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ