नागढुंगा नाकामा खुल्यो चन्द्रागिरि नगरको पहिलो स्थानीय उत्पादन बिक्री केन्द्र
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रका उत्पादन बिक्रीका लागि बिक्री केन्द्रको सुरूवात गरेको छ ।
शुक्रबार चन्द्रागिरि नगरपालिका-२ बाँडभञ्ज्याङस्थित नागढुंगा नाकामा नगरप्रमुख घनश्याम गिरीले सो बिक्री केन्द्रको सुरूवात गर्नुभएको हो ।
स्थानीय उत्पदानको बिक्री कक्षको उद्घाटनपछि संक्षिप्त प्रतिक्रिया दिनुहुँदै नगरप्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरपालिकाले विगतमा नगरबासीलाई प्रदान गरेको विभिन्न उत्पादनमुलक तालिमलाई आय आर्जनसँग जोड्न बिक्री केन्द्र स्थापना भएको जानकारी दिनुभयो ।
नगर प्रमुख गिरीले चन्द्रागिरि नगरपालिका वडा नं. ३ थानकोट तथा वडा नं. १४ नयाँ नैकापमा पनि यथासिघ्र स्थानीय उत्पदान बिक्री केन्द्र सुरू गरिने जानकारी दिनुभयो ।
नगर प्रमुख गिरीले विद्यालयबाट नै प्राविधिक शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइने र उत्पादनमुलक तालिम दिनुका साथै बजार व्यवस्थापन गरि नगर र नगरबासीको सामाजिक र आर्थिक स्तरोन्नतिमा नगरपालिकाको विशेष पहल रहने धारणा राख्नुभयो ।
स्थानीय बाघ बछला बहुउद्देश्यीय सहकारी संस्थाद्वारा संचालित स्थानीय उत्पादन बिक्री केन्द्र उद्घाटनका क्रममा चन्द्रागिरि नगरका उमेयर बसन्ती श्रेष्ठ, नगरप्रवक्ता कृष्णप्रसाद खड्गी, वडाध्यक्ष भाइकृष्ण तामाङ, घनश्याम लुँइटेललगायत अन्य जनप्रतिनिधिहरू तथा नगरका आर्थिक विकास शाखाका कर्मचारीहरू लगायत स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो ।
चन्द्रागिरि नगरपालिकाले स्थानीय उत्पदान बिक्री केन्द्रका लागि स्थान तथा पूर्वाधार व्यवस्थापन गर्नेछ भने प्रस्ताव स्वीकृत भएको संस्थाले बाँकी व्यवस्थापकीय कार्य गर्नेछ।

सबै तस्बिरः नगरप्रमुख घनश्याम गिरीको सचिवालय














