विश्वकप क्रिकेट छनोटः नेपाल र जिम्बावेबीचको खेल आज
थानकोट ।
विश्वकप क्रिकेटको छनोट खेल आजबाट अफ्रिकी मुलुक जिम्बावेमा सुरू हुँदैछ ।
छनोटका लागि नेपालीको तयारी पूरा भएको छ । नेपाली समयअनुसार १२ः४५ बजे नेपालले आयोजक जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्दैछ ।
विश्वकप छनोटमा सहभागी १० टिम दुई समूहमा विभाजित छन् । समूह ‘ए’ मा रहेको नेपालसँगै घरेलु टिम जिम्बाब्वे, अमेरिका, वेस्ट इन्डिज र नेदरल्यान्ड्स छन् ।
समूह ‘बी’ का आयरल्यान्ड, श्रीलंका, यूएई, ओमान र स्कटल्यान्ड छन् ।
नेपालले असार ५ गते अमेरिकासँग खेल्नेछ । यसैगरी वेस्ट इन्डिजविरुद्ध असार ७ गते र नेदरल्यान्ड्सविरुद्ध असार ९ गते खेल्नेछ ।














