फाइभ नेशन्स कप बास्केटबल: बंगलादेश विरूद्ध जितसँगै नेपाल सेमीफाइनलमा

Thankot Times

थानकोट । 

माल्दिभ्सको राजधानी मालेमा भइरहेको फाइभ नेसन्स बास्केटबल च्याम्पियनसिपमा नेपाल सेमीफाइनलमा प्रवेश गरेको छ । नेपालले शनिबार बंगलादेशलाई पराजित गर्दै दोस्रो जित निकालेपछि नेपालको सेमीफाइनल यात्रा सहज भएको हो ।  ।

शनिबार सम्पन्न खेलमा नेपालले बंगलादेशलाई ९०-६१ ले हरायो । सुरुमा बंगलादेशले लगातार अग्रता बनाए पनि नेपालले पुनरागमन गर्दै पहिलो क्वाटरमै २५-२० को अग्रता लियो । त्यसपछि सबै क्वाटरमा नेपालले अग्रता बनाउदै २९ अंक अन्तरले खेल जितेको हो । 

पहिलो खेलमै भुटानसँग पराजित भएको नेपालले त्यसयता लगातार दोस्रो खेल जितेको हो । यसअघि नेपालले पाकिस्तानलाई पराजित गरेको थियो । लगातार दोस्रो जितपछि नेपालले सेमिफाइनलमा स्थान बनाएको हो ।

नेपालले लिग चरणको अनतिम खेल आइतबार घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ ।

दक्षिण एसियाका पाँच राष्ट्र सहभागि च्याम्पियनसिपमा लिग चरणपछि शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *