विश्वकप क्रिकेट छनोटः नेपाल र अमेरिकाबीचको खेल आज
थानकोट ।
जिम्बावेमा जारी आइसीसी विश्वकप क्रिकेट छनोटमा आज नेपाल र संयुक्त राज्य अमेरिकाबीच खेल हुँदैछ ।
नेपाली समय अनुसार मध्यान्ह १२ः४५ बजे सुरू हुने खेल हरारेस्थित क्रिकेट मैदानमा सुरू हुनेछ ।
समुह चरणको पहिलो खेलमा पराजित भएका दुवै टोली आज पहिलो जितको खोजीमा रहनेछन् ।
नेपाल पहिलो खेलमा जिम्बावेसाँग ८ र अमेरिका वेस्टइन्डिजसँग ३९ रनले पराजित भएको थियो ।
नेदरल्यान्ड्स र जिम्बावेबीचको पनि खेल आज नै हुनेछ ।













