आजदेखि साफ च्याम्पियनसिप, कुवेतसँग भिड्दै नेपाल
थानकोट ।
दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आजबाट भारतमा सुरू हुँदैछ।
भारतको बेंग्लोरमा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ।
कुवेत आमन्त्रित टिमको रुपमा साफमा सहभागी भएको हो।
छोटो तयारीका बीच भारत पुगेको नेपालका लागि यस संस्करणमा कठिन चुनौती छ।
यद्यपी प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले नेपाली टिम कठिन चुनौतीको सामना गर्न तयार भएको बताएका छन्।
नेपाल, भारत, कुवेत र पाकिस्तान समूह ‘ए’ मा छन्। समूह ‘बी’ मा लेवनान, भुटान, बंगलादेश र माल्दिभ्स छन्।
दुवै समूहका शीर्ष दुई दुई टिम सेमिफाइनलमा पुग्नेछन्। फाइनल आगामी असार १९ मा हुनेछ।
नेपाल भर्सेस कुवेत- असार ६- दिउँसो ३:४५ बजे
नेपाल भर्सेस भारत- असार ९- राति ७:४५ बजे
नेपाल भर्सेस पाकिस्तान- असार १२ – दिउँसो ३:४५ बजे













