सुनको मूल्य तोलामा ८ सय रुपैयाँ घट्यो
थानकोट ।
कारोबार हुने साताको चाैथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८०० रुपैयाँले घटेको छ ।
आज छापावाल सुन तोलामा एक लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन तोलामा एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदी तोलामा ४५ रुपैयाँले घटेको छ ।
आज चाँदी तोलामा एक हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














