१९औं एसियाडमा नेपालः कराँते खेलमा चन्द्रागिरिका सोनिमसहित ८ जनाले सहभागिता जनाउने

Thankot Times

थानकोट ।

राष्ट्रिय खेलकुद परिषद्ले चीनको होङझोउ शहरमा आयोजना हुने १९औं एसियाली खेलकुद प्रतियोगिताको कराँते खेलमा नेपालका तर्फबाट भाग लिने खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । 

परिषद्ले बुधबार सामाजिक सञ्जालमा १९औं एसियाडका लागि छनोट भएका कराँते खेलका खेलाडीहरूको नाम सार्वजनिक गरेको हो । सो सूची अनुसार सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको होङझोउ शहर हुने सो खेल कुम्भमा चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँका सोनिम मानन्धरसहित ९ खेलाडीले सहभागिता जनाउनेछन् ।

जसमा एकल कातामा सोनिम मानन्धर, एलिशा रास्कोटी मगर, ८४ केजी माथि ताैल समुहमा विप्लपलाल श्रेष्ठ, ६८ केजी माथि ताैल समुहमा एरिका गुरूङ, ७५ केजी मुनि ताैल समुहमा मोहम्मद शेख आलम, ६१ केजी मुनि ताैल समुहमा निरूपमा दोङ तामाङ, ५९ केजी मुनि ताैल समुहमा सबिना श्रेष्ठ र ६७ केजी मुनि ताैल समुहमा सन्तोष श्रेष्ठले नेपाली झण्डा मुनी खेल्नेछन् । 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *