‘सेलिब्रेटी बैंकर’ शाह रास्वपा प्रवेश

Thankot Times

थानकोट।

‘सेलिब्रेटी बैंकर’ का रूपमा चिनिने पूर्व बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

बिहीबार पार्टी कार्यालय बालाजुमा आयोजित कार्यक्रममा पूर्वबैंकर शाह रास्वपामा प्रवेश गरेका हुन् ।

उनलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गरेका थिए ।

केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पूर्वबैंकर शाहलाई पार्टीको प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिएको केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिए ।  ‘उहाँलाई पार्टीमा स्वागत गरेका छौँ । विभागको जिम्मेवारी पनि दिएका छौँ,’ केन्द्रीय सदस्य कार्कीले भने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ