काँग्रेसले असार २० गतेभित्र वडा सम्मेलन गरिसक्नुपर्ने, श्रेष्ठलाई कावा क्षेत्रीय सभापतिको जिम्मेवारी
थानकोट ।
नेपाली काँग्रेस काठमाडाैं क्षेत्र नं. १० को क्षेत्रीय समितिको बैठकले असार २० गतेभित्र सबै वडाको सम्मेलन गर्न इकाई सभापतिहरूलाई निर्देशन दिएको छ ।
बिहीबार बसेको सो पार्टीको बैठकले असार २० गतेभित्र सबै वडामा क्रियाशिल फाराम नविकरण गरिसक्नुपर्ने निर्णय गरेको हो ।
साथै बैठकले हाल सो पार्टीका क्षेत्रीय सभापति पुकार महर्जन बागमती प्रदेशको पर्यटन, उद्योग तथा सहकारी मन्त्रीमा नियुक्त भएपछि उनको कार्य व्यस्ततालाई मध्यनजर गर्दै उपसभापति धर्मनन्द श्रेष्ठलाई कार्यवाहक क्षेत्रीय सभापतिको जिम्मेवारी दिने निर्णय गरेको बताइएको छ।













