विश्वकप क्रिकेट छनोटः आज नेपालको परीक्षा, नेदरल्याण्डविरूद्ध खेल नजिते प्रतियोगिताबाटै आउट

Thankot Times

थानकोट ।

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले नेदरल्यान्ड्सको सामना गर्दे छ । खेल जिम्बाबेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बाट सुरु हुँदैछ ।

नेपाललाई सुपर सिक्सको यात्रा तय गर्न आज नेदरल्यान्ड्सलाई हराउनै पर्ने बाध्यता छ ।  दुई खेल हारिसकेको नेपालले आजको खेल पनि हारेमा समूह चरणबाटै बाहिरिनेछ । आजको खेलमा विजयी भएमा र अन्तिम खेलमा नेदरल्यान्ड्स वेस्ट इन्डिजसँग हारेको अवस्थामा नेपालको सुपर सिक्स यात्रा निश्चित हुनेछ ।

हालसम्म नेपाल र नेदरल्यान्डबीचमा २ ओडिआई खेल भएको छ । २ मध्ये १ खेलमा नेपालले र अर्को खेलमा नेदरल्यान्ड्स विजयी भएको थियो । यस अर्थ पनि आजको खेल निकै प्रतिस्पर्धात्मक हुने देखिन्छ । 

आज नै प्रतियोगितामा अपराजित रहेका जिम्बावे र वेष्ट इण्डिजबीच पनि खेल हुने तालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *