साफ च्याम्पियनसिप- २०२३ः भारतविरूद्ध जित्नैपर्ने दबाबमा नेपाल
थानकोट ।
भारतमा जारी साफ च्याम्पियनसिप २०२३ को दोश्रो खेलमा शनिबार नेपालले आज घरेलु टोलीको सामना गर्दैछ ।
पहिलो खेलमा कुवेतसँग पराजित भएपछि सेमिफाइनलमा पुग्ने आशा जिवित राख्न आजको खेलमा नेपाललाई जित्नै पर्ने दबाब छ । समूहबाट दुई टिम शीर्ष चारमा प्रवेश पाउनेछन् । नेपाल र भारतबीचको खेल साँझ पाैने ८ बजे सुरू हुनेछ ।
भारत र कुवेत दुवै टोलीले पहिलो खेलमा शतप्रतिशत नतिजा निकाल्दा नेपाल र पाकिस्तानले भने पराजय भोगेका थिए ।
साफ च्याम्पियनसिपमा नेपाल र भारतबीच ८ खेलमा भएका छन् ।
जसमा नेपालले एक र भारतले ७ खेलमा जीत हासिल गरेको छ ।
आज नै पाकिस्तान र कुवेतबीच पनि खेल हुनेछ । यो खेल दिउँसो पाैने ४ बजे सुरू हुनेछ ।













