साफ च्याम्पियनसिपः भारतसँग पराजित भएसँगै नेपालको चुनाैती समुह चरणमै समाप्त

Thankot Times

थानकोट ।

आयोजक भारतसँग पराजित भएपछि नेपाल साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ ।

भारतसँग हारको श्रृंखलाले लगातार चौथो खेलसम्म निरन्तरता पाउँदा नेपाल १४ औं संस्करणको साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको हो ।

भारतसँग २-० को नतिजामा पराजित भएपछि साविक उपविजेता नेपालले एक खेलअघि नै समूह चरणबाट बाहिरिएको हो ।

प्रतियोगिता अन्तर्गत अन्तिम खेलमा नेपालले अब पाकिस्तानको सामना गर्दैछ । यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *