नागढुङ्गा नाकाबाट समातिए २६ वर्षीय ईन्द्र, प्रहरी नै चकित
थानकोट ।
चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गा नाकाबाट खैरो हेरोइनसहित युवक पक्राउ परेका छन् ।
खैरो हिरोइन जस्तो देखिने पदार्थ ५ ग्रामसहित मोरङ लेटाङ नगरपालिका-३ बस्ने २६ वर्षीय ईन्द्र राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरीले बा।प्र ०१-०२००१ ख ९८३३ नम्बरको बसलाई जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरिएको थियो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।












