मातातीर्थको जग्गा घोटला प्रकरण छानबिन गर्न एमाले बास्कोटाको चुनाैती

Thankot Times

थानकोट ।

नेकपा एमालेका सांसद् गोकुल बास्कोटाले मातातीर्थको जग्गा घोटला प्रकरण छानबिन गर्न चुनाैती दिएका छन् ।

मंगलबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै बास्कोटाले सो चुनाैती दिएका हुन् । सरकारमा रहेको दलले पशुपतिको जलहारी काण्ड, ललिता निवास काण्ड, लडाकु शिविर घोटला काण्ड, मातातीर्थ जग्गा घोटला काण्ड, यति र ओम्नी काण्ड लगायतका विषयको छानबिनमा नेकपा एमालेले सहयोग गर्ने भन्दै सो विचार व्यक्त गरेका हुन् ।

नतिजामुलक काम गर्न सत्तापक्षलाई सुझाव दिँदै सांसद् बास्कोटाले विकासको अभियान नेकपा एमालेले सुरू गरेकोले बजेटमा ती विकासका योजना प्राथमिकतामा नपर्नु दुःखद भएको प्रतिक्रिया दिए ।

के हो मातातीर्थको १७३ रोपनी जग्गा प्रकरण ?

मालपोत कार्यालय, कलंकीले ७ असार २०७० मा नेपाल ट्रस्ट जग्गाधनी रहेको काठमाडौंको मातातीर्थ, महादेवस्थान, थानकोट, सतुंंगल र इचंगुनारायणको जग्गा व्यक्ति (मोही) का नाममा कायम गरेको देखिन्छ ।

त्यसमध्ये सबैभन्दा बढी जग्गा साविक थानकोट र महादेवस्थान गाविसमा १०२ रोपनी ३ आना जग्गा मोहीका नाममा कायम भएको थियो ।

त्यतिबेला नेपाल ट्रस्टको कार्यालय, बाागमती अञ्चल, काठमाडौंका नाममा रहेका विभिन्न ७८ कित्ता जग्गा व्यक्तिको नाममा दर्ता भएको थियो ।

नेपाल ट्रस्ट ऐन, २०६४ अनुसार ट्रस्टको नाममा रहेको जग्गामा स्वतः ट्रस्टको हक कायम हुन्छ ।

‘यो ऐन प्रारम्भ हुँदाका बखत स्वदेश तथा विदेश जहाँ जे-जस्तो अवस्थामा जुनसुकै व्यक्ति वा संस्थाको नाममा रहेको भएता पनि यो ऐन प्रारम्भ भएपछि त्यस्तो सम्पत्ति स्वतः ट्रस्टका नाममा हस्तान्तरण भएको वा त्यस्तो सम्पत्तिमा स्वतः ट्रस्टको हक कायम भएको मानिनेछ’ ऐनको दफा ४ मा भनिएको छ, ‘…ट्रस्टको सम्पत्तिउपर कुनै व्यक्ति वा संस्थाको कुनै प्रकारको हक वा दाबी पुग्ने छैन र त्यस्तो सम्पत्तिमा अंश वा अपुतालीसम्बन्धी कानूनबमोजिम कसैको हक वा दाबी सिर्जना हुनेछैन ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ